तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा सिटी टुर गाइड शोसिएशनको अध्यक्षमा दिनेश गौतम निर्वाचित

कास्की । पोखरा सिटी टुर गाइड एशोसिएशनको अध्यक्षमा दिनेश गौतम सर्वसम्मत चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडको महत्त्वपूर्ण भूमिका रहेको जनाउँदै आगामी दिनमा संस्थाको उद्देश्यअनुरूप कार्य योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा बुद्धिसागर देवकोटा, सहसचिवमा खमानसिंह गुरुङ सर्वसम्मत चयन हुनुभएको हो ।

यसै गरी सदस्यमा झपेन्द्रबहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी रहेका छन् । गौतमले  संस्थाको दायरा र क्षेत्र फराकिलो हुने गरी संस्थाको नाम ‘गाइड एशोसिएशन अफ पोखरा’  हुने गरी नाम परिवर्तन हुने पनि जानकारी दिनु भयो ।

शुभारम्भ सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको कारण रोजगार गुमाउन बाध्य गाइडलाई राज्यबाट नै विशेष प्याकेज ल्याएर भूमिका खेल्नुपर्ने जनाउँदै परिषद्ले पनि गण्डकी प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराइरहेको अवगत गराएको बताउनु भयो । 

संस्थामा ४७ सदस्य रहेको र पर्यटकीय नगरी पोखरा तथा आसपासका क्षेत्रमा पर्यटन दूतको रूपमा काम गरेर  देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।  कार्यक्रममा परिषद् आबद्ध सङ्घसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button