तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

File Photo

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उहाँको उपस्थितिमा समितिका संयोजकहरूसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button