तपाईँ सुन्दै हुनुहुन्छः

क्यान इन्फोटेक मेला माघ १९ देखि २३ गतेसम्म हुने

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले क्यान इन्फोटेक मेला माघ १९ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । 

सन १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेक मेला वार्षिक रुपमा गर्दै आएको छ ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–वेस्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहने गरी तयारी अगाडि बढाइएको महासङ्घले जनाएको छ ।  

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल लगायतका सामग्रीहरूका प्रदर्शनी कक्षहरू राख्ने महासङ्घका महासचिव नारायण थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button