तपाईँ सुन्दै हुनुहुन्छः

तीन स्थानीय तहले राखे नगर तथा गाउँ प्रहरी

सोलुखुम्बु । सोलुखुम्बुका तीन स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका छन् । 

जिल्लाका आठ वटा स्थानीय तह मध्ये तीन स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका हुन् । 

सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना लगायत अनाधिकृत निर्माण एवम् सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा सेवा करारमा गाउँ तथा नगर प्रहरीको नियुक्ति गर्न सकिने प्रावधान रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ११ को उपदफा २(क) मा व्यवस्था भए बमोजिम जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले १० जना नगर प्रहरी, थुलुङ दूधकोशी गाउँपालिकाले पाँच जना र नेचासल्यान गाउँपालिकाले पाँच जना गाउँ प्रहरीमा नियुक्त गरेको छ ।

गाउँ प्रहरी राखेपछि विभिन्न कामकाजमा धेरै सहयोग पुगेको सोलुदूधकुण्ड नगरपालिकाले जनाएको छ । 

नगर प्रहरी भएपछि बजार व्यवस्थापनलगायत कार्यालयको काममा पनि सजिलो हुने गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button