तपाईँ सुन्दै हुनुहुन्छः

देशको विकास र समृद्धिका लागि लोकतन्त्र बलियो हुनपर्छ : प्रधानमन्त्री

फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज भर्चुअल माध्यमबाट सातै प्रदेशको प्रदेश अधिवेशनको उद्घाटन गर्नुभयो । 

प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले देशको विकास र समृद्धिका लागि लोकतन्त्र बलियो हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री देउवाले लोकतन्त्र बलियो बनाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको हुनाले अधिवेशनको आन्तरिक प्रतिस्पर्धा र जीत–हारको नतिजाबाट प्रभावित नभई पार्टीको सङ्गठन निर्माणमा लाग्न सबै नेता–कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । 

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले स्थापनाका देखिनै लोकतन्त्र बलियो बनाउँदै विकास र समृद्धिको आधार तयार पार्न लागिपरेको उल्लेख गर्नुहुँदै आगामी महाधिवेशनबाट पार्टीलाई थप बलियो बनाउने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

यसैबीच आज देखि सुरु भएको नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत  भोलि देखी बन्द सत्रका कार्यक्रमहरू हुने नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । 

प्रदेश नं. २ मा भने मतदाता नामावली टुङ्गो लगाउन  नसक्दा बन्ध सत्रको कार्यक्रम केही दिन ढिला हुने भएको भएको छ । 

भोलि शुक्रवार सम्ममा मतदाता नामावलीलाई अन्तिम रूप दिई पर्सि (शनिबार)बाट बन्द सत्र र निर्वाचनको प्रक्रिया अगाडि बढाउन गरी काम भइरहेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button