तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभर ३ सय १५ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

File Photo

काठमाडौँ । आज देशभर ३ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

११ हजार ४ सय ३ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय १ सङ्क्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

सङ्क्रमण कारण आज थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ३५ पुगेको छ ।

हाल देशभर ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज देशभर १ लाख ४१ हजार ५ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button