तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको मनोबल बढाउन आइसोलेसनमा योग

किमाथांका । कोरोना सङ्क्रमितको मनोबल बढाउन आइसोलेसनमा योग सिकाउन थालिएको छ । पतञ्जलि योग जिल्ला कार्यसमिति सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ । 


सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आइसोलेसन वार्डमा कोरोना सङ्क्रमितको मनोबल बढाउन पतञ्जलि योगले हरेक दिन योग सिकाउने गरेको छ । 


योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक क्षितिज बरालले जानकारी दिनुभयो । कोरोना संक्रमित मात्रै होइन  खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइसोलेसनमा पुग्ने गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button