तपाईँ सुन्दै हुनुहुन्छः

जनमोर्चाका सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश 

file photo

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापामाथि गरेको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले सांसद थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारबाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरिदिएको हो । बदर भएसँगै उहाँको पद पुनर्बहाली भएको छ ।

राष्ट्रिय जनमोर्चाले सांसद थापालाई २९ जेठमा कारबाही गर्दै सांसद पद खारेजीको निर्णय गरेको थियो ।  सभामुखले प्रदेश सभामा थापालाई पार्टीले कारबाही गरेको पत्र सुनाउँदै उहाँको निर्वाचन क्षेत्र नं. १ को ख रिक्त रहेको जानकारी दिनुभएको थियो । आफूमाथि कारबाही भएपछि थापाले शुक्रवार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button