तपाईँ सुन्दै हुनुहुन्छः

४ वर्षदेखि साङ्लोले बाँधेर राखिएका ठाकुरको उद्धार

बारा  ।  विगत ४ वर्षदेखि आफ्नै घरमा डोरीमा बाँधिएर जीवन बिताइरहेका एक युवकलाई उद्धार गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका जगेश्वर ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले शनिबार उद्धार गरेको हो ।

मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका ठाकुरको उद्धार गरिएसँगै उनी घर बाहिर निस्किएका हुन ।

ठाकुरलाई उद्धार गर्नु अघि बाँध्न प्रयोग गरिएको साङ्लो काटेर उनको शरीरको सरसफाइ गरिएको थियो ।

ठाकुरलाई उद्धार गरी वीरगञ्ज आश्रममा लगी ठाकुरको औषधि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button