तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरूलाई राहत वितरण 

बझाङ । बझाङ जिल्लाका २ वटा गाउँपालिकामा राहत वितरण गरिएको छ ।
जिल्लामा सञ्चालित प्रगतिशील युवा समाज र युएमएनको साझेदारीमा थलारा गाउँपालिकाका एकल, ज्येष्ठ नागरिक आर्थिक स्थिति कमजोर भएका ३५ घरधुरी र छविसपाथिभेरा गाउँपालिकाका ३९ जना क र ख वर्गका अपाङ्गता भएका घरधुरीका साथै १७ जना ज्येष्ठ र एक महिला भएका घरधुरी गरी जम्मा ५६ घरधुरीलाई प्रति घरधुरी २५ केजी मसिनो चामल, २ केजी चिनी, ३ केजी दाल, २ लिटर तेल, लुगा धुने र हात धुने गरी ५ वटा साबुन गरी प्रतिव्यक्ति २९ सय ५० रुपैयाँ बराबरको राहत छविसपाथिभेरा गाउँपालिका उपाध्यक्ष राधिका रताला र थलारा गाउँपालिका उपाध्यक्ष गंगुदेवि खडायत मार्फत वितरण गरिएको थियो ।
अन्य स्थानीय तहमा पनि राहत वितरण गर्ने कार्यक्रम रहेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button