कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधवार
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्