तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको खोपको लागि अस्पतालहरू तोकिए,आज बाट खोप लगाउन शुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट पुनः कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
चैत २२ गतेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत आज  देखि चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी व्यक्ति, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी लगायतका व्यापारी, प्राध्यापकहरू लगायतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम भएको जानकारी मन्त्रालयले गराएको छ  ।
कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन र व्यवस्थापनमा गर्न निम्न अस्पतालहरूलाई तोकिएको मन्त्रालयले जनाएको छ ।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, रत्नपार्क
  • परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
  • निजामती कर्मचारी अस्पताल, मिनभवन
  • राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर
  • नेपाल मेडिकल कलेज, अत्तरखेल
  • काठमाडौँ मेडिकल कलेज, सिनामंगल
  • त्रि।वि।बि।, शिक्षण अस्पताल, महाराजगन्ज
  • शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, वासवारी
  • वीरेन्द्र अस्पताल, छाउनी
  • नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु
  • नेपाल प्रहरी अस्पताल, पानीपोखरी
  • ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल
  • क्षेत्रपाटी निशुल्क चिकित्सालय, क्षेत्रपाटी

प्रतिक्रिया राख्नुहोस्

Back to top button