तपाईँ सुन्दै हुनुहुन्छः

‘राजश्व परिचालनको वर्तमान अवस्था सन्तोषजनक’

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुंगानाले राजस्व परिचालनको वर्तमान अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।

रेडियो नेपाल संगको कुराकानीमा अर्थ सचिव ढुंगानाले आयातमा केही कमी आए पनि हालसम्मको अवधिमा ३ सय ४३ अर्ब २६ करोड राजस्व असुली भएको जानकारी दिनुभयो ।

सरकारले लिएकोे राजश्व संकलनको लक्ष्यको सबै पक्षको प्रयासमा प्राप्त गर्ने गरी काम अघि बढाएको पनि सचिव ढुंगानाले बताउनुभयो ।

५ महिनाको पूँजीगत खर्च करिब ११ प्रतिशत भएको भए तापनि आगामी दिनमा पूजीगत खर्च बढ्ने गरी तयारी अघि बढाइएको ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button