तपाईँ सुन्दै हुनुहुन्छः

टोलको विकास निर्माण र सरसफाईमा जागरुक हुन टोलबासीलाई मुख्यमन्त्री राउतको आग्रह

वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले समग्र प्रदेशको बिकास र समृद्धिका लागि प्रदेश सरकार ठोस कार्यक्रम सहित अगाडी बढी रहेको बताउनुभएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लि बगैंचा टोल सुधार समितीद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले टोलको विकास निर्माण, सरसफाई, सडक चौंडा र मर्मत गर्नको लागि स्थानिय वासिन्दा जागरुक हुनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले आफ्नो गाउँटोलमा प्रदेश, स्थानिय सरकारले संचालन गरेका विकास निर्माणका कामहरु कसरी अगाडी बढी रहेका छन । गुणस्तरीय छन, छैनन्, आर्थिक पारदर्शिता छ, छैन भन्ने सम्बन्धमा नागरिक स्वयं जागरुक हुनु पर्ने कुरामा जोड दिदै सुशासन र पारदर्शिता अहिलेको अपरिहार्यता भएको कुरा बताउनु भयो ।

मुख्यमन्त्री राउतले आफुहरुले सिमित श्रोत साधनका बावजुद प्रदेशमा विकास निर्माणका काम अगाडी बढाई रहेको बताउदै केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्बाह गर्ने सक्ने क्षमताको नेताको अभावको कारण पर्सा बासीले अपेक्षा गरे अनुरुप विकास निर्माणका काम हुन नसकेको बताउनु भयो ।

मुर्ली बगैचा टोल सुधार समितीका बिरेन्द्र यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका अध्यक्ष नेक महम्मद, नागरिक समाज पर्साका अध्यक्ष डाक्टर दीपक शाक्य, नेकपाका नेता शम्भु गुप्ता, बीरगंज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश प्रसाद कुशवाहा, अर्जुन प्रसाई, दिपक डंगोल, पवन सिँह, संदिप मेहता, समाजसेवी लक्षमण थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button