तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोना संक्रमित सात सयको हाराहारीमा

जनकपुरधाम । प्रदेश नम्वर २ पछिल्लो २४ घण्टामा ८२ जना नयाँ कोरोनाको संक्रमित व्यक्ति फेला गरेका छन् । पछिल्लो पटक थपिएका संक्रमित संगै कोरोनाका संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।

पछिल्लो पटक सप्तरी जिल्लामा १२ जना, सिराहा जिल्लामा ५ जना, धनुषा जिल्लामा ७ जना, महोत्तरी जिल्लामा २ जना, सर्लाही जिल्लामा ३८ जना र रौतहट जिल्लामा १८ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अधिकांश संक्रमितहरु भारतको विभिन्न शहरवाट आएर विभिन्न पालिकाहरुले निर्माण गरेको क्वारेन्टाईन वस्दै आउनु भएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भएको छ । अहिले भारतवाट आएर प्रदेश नंं २ को विभिन्न क्वारेन्टाईनमा हजारौ व्यक्ति वसेका छन् । तीमध्ये धेरैमा संक्रमण देखिएको छ ।

सप्तरी जिल्लाको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका १ देखि १८ वर्ष उमेर समूहको १ जना, १८ देखि ४० वर्ष उमेर समुहको १० जना र ४० देखि ७० वर्ष उमेर समुहको १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु सवै जना छिमेकी मुलुक भारतबाट आएर नरघो माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आउनु भएको सचिव घिमिरेले बताउनु भयो ।

सिराहा जिल्लाको सिराहा नगरपालिका स्थित सूर्य नारायण सत्य नारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० वर्ष उमेर समूहका २ जना र १८ देखि ४० वर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।

धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ वर्ष १८ वर्ष देखि ४० वर्ष उमेर समुहका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाव संकलनको परिणाम अनुसार १८ वर्ष देखि ४० वर्ष उमेर समुहका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्सकौराको क्वारेन्टाईनमा रहेका १८ वर्ष देखि४० वर्ष उमेर समुहका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएका पनि सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका.स्थित शिबचन्द्र आश्रमा सञ्चालित क्वारेन्टाईनमा रहेका वर्ष १८ र सोही जिल्लाको रामगोपालपुर नगरपालिका स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका वर्ष १८ कै गरी २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका मध्ये सवैभन्दा धेरै संख्या सर्लाही जिल्लामा रहेको छ । जसअनुसार सर्लाही जिल्लाको कबिलाशी नगरपालिका स्थित अगरवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ९ बर्षिया बालिका र २६ बर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी सोही क्वारेन्टाईनमा रहेका १४ बर्षिय बालक सहति १ देखि १८ वर्ष उमेर समुहका ५ जना, १८ देखि ४० वर्ष उमेर समुहका २६ जना, ४० देखि ७० वर्ष उमेर समुहका २ जना र ७० वर्ष भन्दा बढी उमेर समुहका १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै हरिपुर नगरपालिकामा रहेको क्वारेन्टाईनमा रहेका १८ देखि ४० वर्ष उमेर समुहका २ जना पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय सरुवाथामा सञ्चालित क्वारेन्टाईनमा रहेका २२ बर्षिय महिला र १८ देखि ४० वर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहट जिल्ला कै परोहा नगरपालिका स्थित लौकाहा माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाईनमा रहेका १८ वर्ष देखि ४० वर्ष उमेर समुहका १३ जना र ४० देखि ७० वर्ष उमेर समुहका १ जना गरी कुल १४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यस २ नम्वर प्रदेशमा हालसम्म ९९ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् । जसमा नारायणी अस्पताल बीरगंज र उक्त अस्पताल माहतत रहेको कोभिड १९ बिशेष गण्डक अस्पताल बीरगंजबाट ९७ जना संक्रमितहरु उपचार पश्चात निको भएका हुन भने बाँकी २ जना प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ बिशेष अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

संक्रमितहरु विभिन्न जिल्लाको आईसोलेशनमा राखेर उपचार भईरहेको छ । केहीलाई कोभिड विषेश अस्पतालमा पनि उपचार भईरहेको छ । अवको दुई साता प्रदेश नंं २ का लागि निक्कै संबेदनशील रहेकाले नआतिएर सुरक्षित भएर वस्नका लागि प्रदेश नंं २ का सामाजिक विकासमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button