तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको निर्णयको एनआरएनएद्वारा स्वागत

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा समस्यामा परेका नेपालीलाई नेपाल फर्काउने नेपाल सरकारको निर्णयको गैर आवासीय नेपाली सङ्घले स्वागत गर्दै त्यस कार्यमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नु भएको छ ।

उहाँले अप्ठ्यारोमा परेका नेपालीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काउने कार्यमा गैर आवासीय नेपाली सङ्घले सहजीकरण गर्न तत्पर रहेको बताउनुभयो ।

गैर आवासीय नेपाली सङ्घले आफ्नो राष्ट्रिय समन्वय परिषदहरुसँग शनिवार छुट्टै छलफल अध्यक्ष पन्तले त्यस्तो भनाइ राख्नु भएको हो ।

छलफलमा विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरूमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको र छलफल मुख्य रूपमा मध्यपूर्वमा रहेका श्रमिकहरूको समस्याको बारेमा केन्द्रित भएको सङ्घका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो ।

बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरूले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरू राखेर छलफल भएको गैर आवासीय नेपाली सङ्घ, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button