तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ बाट लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले लागू औषधसहित सुनसरी कोसी गाउँपालिका वार्ड नम्बर १ बस्न लौकहीका २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले डाईलक्स डीसीे ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल एक थान, कौडा २१ थान र मोबाइल दुई थानसहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button