बन्दा बन्दीमा रगत अभाव नहोस् भन्दै युवाद्वारा रक्तदान
जुम्ला । युवा स्वयमसेवी समुहको आयोजनामा आज जुम्लाका यूवाले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जुम्लामा रगत अभाव नहोस् भन्नका लागि आज कर्णाली स्वास्थ्य विज्ञानसँगको समन्वयमा १६ जना युवाद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
कहिले रगत अभाव त कहिले रगत समुह नलिमेर भौतारिने सर्वसाधारणको राहतका लागि रक्तदान गरिएको समाजसेवी युवा बालकृष्ण बुढाक्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा छ । धेरै मान्छे रगत खोज्न भौतारिने गरेका छन् । जुम्लाका महिलामा रक्तअल्पताको समस्या बढी हुन्छ , त्यसैले यूवाहरु मिलेर रक्तदान कार्यक्रम गरेका हौ ।”
बिपद्को समयमा पनि आकस्मिक बिरामीलाई रगत अभाव हुन नदिन भन्दै रक्तदान कायक्रमको आयोजना गरिएको थियो ।
जुम्लामा रगत अभाव भएकै कारण आपत्तकालिन अवस्थामा नेपाली सेना र स्वास्थ्य कर्मीकै भरमा रगत दिइन्छ । धेरै पटक प्रतिष्ठानमा कार्यरत स्वास्थकर्मी तथा नेपाली सेनाहरुले गत दिएर बिरामीको ज्यान जोगाएका छन् ।
लकडाउनको समयमा रगत अभावले कसैको ज्यान जोखिममा नपरोस् भनि यूवाहरुले पटक पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको अर्का यूवा हरिश रोकायाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्