तपाईँ सुन्दै हुनुहुन्छः

दुई जना पत्रकारमा कोरोना संक्रमण

वीरगञ्ज। मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकारह रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मंगलबार देखिएका मध्ये दुई जना पत्रकार रहेकाे र रिपाेर्ट आईसकेकोमा अन्य पत्रकारहरु पनि छन् कि भनेर खोजिँदै गरेको गोरखापत्रलाई बताउनुभयो ।

वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

वीरगञ्जका पत्रकार तिवारी यादवलाई पर्सा प्रहरीले दुरव्यवहार गरेको विरोधमा वीरगञ्ज भरीका पत्रकारहरू सोमबार र मंगलबार वीरगञ्जको घण्टाघरमा धर्ना दिएका थिए भने मंगलबार नै पत्रकारहरुको टोलिले धर्नापछि जिल्ला प्रशासन कार्यालय पर्सामा गई पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

धर्ना दिँदा र ज्ञापनपत्र बुझाउँदा संक्रमण देखिएका दुवै जना पत्रकारहरू पनि सहभागी रहेकाले वीरगञ्जमा सबै पत्रकारहरू त्रसित भएको बताइएको छ ।
आज एकैदिन ३९ जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button