तपाईँ सुन्दै हुनुहुन्छः

चर्चित क्रिकेटर हेन्सी क्रोन्जेका पिता एवी क्रोन्जेको निधन

काठमाडौं। ‘फ्री स्टेट’ क्रिकेटका अध्यक्ष एवम् दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व कप्तान हेन्सी क्रोन्जेका बुवा एवी क्रोन्जे दिवङ्गत हुनुभएको छ । ८० वर्षीय क्रोन्जे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
क्रोन्जे ‘फ्री स्टेट’का लागि सन् १९६० देखि सन् १९७१ सम्म २७ वटा प्रथम श्रेणिको क्रिकेट खेल्नुभएको थियो । उहाँले ‘फ्री स्टेट विश्वविद्यालय’मा क्रिकेटको विकास र उत्थानको लागि ठूलो योगदान गर्नुभएको थियो । क्रिकेट प्रशासन सञ्चालनको खुबी भएका क्रोन्जे सन् १९८३ देखि १९९० सम्म स्टेट क्रिकेट यूनियनका अध्यक्ष समेत हुनुभएको थियो ।
पूर्वकप्तान हेन्सी क्रोन्जेका बुवा एवीले दक्षिण अफ्रिकाका केही शिर्ष क्रिकेटर एलन डोनाल्ड, कोरी भान जिल र बोएटा दिपेनारको परामर्शदाताको भूमिका समेत राम्ररी निर्वाह गर्नुभएको थियो । हेन्सी क्रोन्जे म्याच फिक्सिङ्ग प्रकरणमा जोडिदा बुवा एवी हेन्सीसँगै उभिनुभएको थियो । सन् २०१२ मा एवीलाई क्रिकेट साउथ अफ्रिकाले जिवनकालीन उपलब्धी सम्मानबाट विभूषित गरेको थियो ।
एवी क्रोन्जेकी एक श्रीमति, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button