तपाईँ सुन्दै हुनुहुन्छः

धरानमा लकडाउन थप कडाइ, १६२ कारवाहीमा 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा लकडाउन उल्लङ्घन बढन थालेपछि इलाका प्रहरी कार्यालय धरानले कडाइ गर्न थालेको छ ।

धरानमा लकडाउनको बेलामा पनि सोमबार मात्रै धरान बजारमा धेरै सवारी चलाएकाले कारवाही गरेको छ ।

प्रहरीको चेक जाँचको क्रममा धरानका विभिन्न ठाउँबाट पास नलिएका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी ) ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज मात्रै १ सय ६२ मोटर साइकल र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने एउटा सिटी सफारीलाई पनि नियन्त्रणमा लिइएको छ ।

लकडाउनमा धरानको जनजीवनलाई सहज बनाउन अघिल्लो आइतबार देखि बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्न र तरकारी किन्नका लागि सर्वसाधारणलाई आउजाउ गर्न लकडाउनमा पनि दिने भनिएकोमा व्यापक लकडाउन उल्लङ्घन गरी सवारीसाधनहरू चलेकाले प्रहरीले कडाइ गर्दै चेकजाच गरिएको डिएसपी न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button