तपाईँ सुन्दै हुनुहुन्छः

दशगजामा ३ सय ५३ जना नेपाली अलपत्र

कपिलवस्तु । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा नेपाल तथा भारतले गरेको लकडाउनका कारण बन्द भएको सिमा नाकाबाट नेपाल प्रबेश गर्नेको संख्या बढेको छ ।

सोेमवार देखि बुधवार साँझ ४ बजे सम्म नेपाल प्रबेश गर्न खोज्ने ३ सय ५३ जना नेपाल भारत सिमाक्षेत्र दशगजामा अलपत्र परेका छन् । भारतको बिभिन्न स्थानमा रोजगारीका लागि गएकाहरु नेपालीहरु अहिले घर फर्कने क्रम बढेको छ ।

उनीहरुलाई भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाई गर्न छाडे पछि सिमाक्षेत्रबाट नेपाल भित्रिने क्रम बढेको हो । भारतका विभिन्न ठाउँबाट सिमा क्षेत्रमा आइपुगेका उनीहरु नाकाबाट छिर्ने क्रममा शसस्त्र प्रहरीले रोकेपछि अहिले ३ सय ५३ जना दशगजा मै अलपत्र परेका हुन् ।

दशगजा क्षेत्र नेपाल र भारतको सिमा छुट्टाउने क्षेत्र हो । दुःख कष्ट सहेर बल्तल्तल्ल नेपाललको सिमा आएका उनीहरु प्रबेश नपाए पछि विचल्लीमा परेका छन् । हावाहुरी बर्षाको मौसममा उनीहरु खुला आकाशमुनी बस्न बाध्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button