तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी भन्सारले विभिन्न व्यक्तिहरुसँग छलफल गर्दै

मेलम्ची । आज तातोपानी भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, बाह्रबिसे नगरपालिकाका मेयर, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत विभिन्न व्यक्तिहरुसँग छलफल गर्दैछ ।

तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर विवादकाबीच हिजो काठमाडौं पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात वटा कन्टेनर काठमाडौ पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । हिजो तीनवटा लसुनका गाडी र चार वटा स्याउका कन्टेनर काठमाडौं पठाइएको हो ।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्ने आशंका गर्दै काठमाडौं जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिएका थिए । आगामी दिनमा कसरी अघि बढ्ने सल्लाह गर्छौ भनेपछि कन्टेनरहरु सहज रुपमा जान दिएको प्रमुख खत्रीले बताउनुभयो ।
आजकोे छलफलले आगामी दिनमा कसरी अघिबढ्ने निश्कर्ष निकाल्ने खत्रीले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button