तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा पिसिआर ल्याबबाट परीक्षण शुरु

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा आजबाट कोरोना संक्रमित बिरामीको परीक्षणका लागि पिसिआर ल्याबबाट नमुना परीक्षण सुरु भएको छ ।

अस्पतालमा जडान भएको पिसिआर ल्याबबाट आज पहिलो चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनु भयो ।

नारायणी अस्पतालमा पहिलो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट सहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको र टेकुको रिपोर्टसँग वीरगंजको रिपोर्ट मिल्छ मिल्दैन त्यो हेरेपछि मात्रै ल्याबको परीक्षण सार्वजनिक गरिने डा.उपाध्यायले बताउनु भयो ।

यस अघि सरकारले देशका विभिन्न १८ स्थानमा पिआर ल्याब सञ्चालनमा ल्याएको छ । आजबाट वीरगञ्जमा ल्याब संचालनमा आएसँगै अब वारा, पर्सा, रौतहटका कोरोना संक्रमित भएको आशंकामा गरिने स्वाब परीक्षण सहज हुने भएको छ ।

वीरञ्जमा सञ्चालनमा आएको पिसिआर ल्याबबाट एक पटकमा ३० जनाको स्वाब परीक्षण गर्न सकिने र एक दिनमा १ सय २० जना सम्मको रिपोर्ट आउने डा.उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button