तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा राखिएका एक  सय २२ भारतीय नागरिकलाई आफन्तको जिम्मा लगाइयो 

बीरगंज । बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको १४ दिनपछि आज एक सय २२ भारतीय नगरिकलाई आफन्तको जिम्मा लगाइएको छ ।

कोरोना भाइरसको संक्रमण सम्बन्धी कुनै लक्षण नभएको र उनिहरुको आवश्यक चेकजाँचपछि आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवँरले बताउनुभयो ।

उहाँले भारतीय महावाणिज्य दुतका सूचना प्रमुख सुरेश कुमार, ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतान लगायतको उपस्थितिमा भारतीय नागरिकलाई कागजत पत्रसहित आफन्तको जिम्मा लगाइएकोे बताउनुभयो ।

ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा नमा १४ दिन अगाडि उनीहरुलाई राखिएको थियो । लकडाउनका कारण नेपालका बिभिन्न स्थानमा रोजगारमा संलग्न उनीहरु भारत फर्किन बीरगंज आइपुगेका थिए ।

उनीहरु बीरगंज आइपुग्दा दुबै देशका सरकार प्रमुखका बीचमा जो जुन देशमा छ त्यही राख्ने सहमती भइसकेको थियो । त्यही सहमतीका कारण भारतीय नागरिक नेपालमै रोकिएका थिए ।

क्वारेन्टाइनमा रहेका एक सय ८९ भारतीयहरु मध्ये एक सय २२ जनालाई आज स्थानीय प्रहरी र प्रशासनको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको हो । बाँकी ८२ जनाका आफन्तजन नभएकाले उनीहरुलाई आजबाट एमबी केडीया डेन्टल कलेजमा बनाइएको क्वारेन्टाइनमा सारिएको छ ।

उनीहरु सबैको खाना र बसोबासको व्यस्था जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा ग्रीन सिटी सामुदायिक केन्द्र र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।

एमबि केडिया डेन्टल कलेजमा रहेका अन्य बाँकी भारतीय नागरिकलाई पनि आजबाट खाना लगयातका अन्य व्यवस्था आफूहरुले गर्ने केन्द्रका अध्यक्ष खेतानले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button