तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा र्यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको पीसीआर रिपोर्ट नगेटिभ

मकवानपुर । हेटौँडामा र्यापिड टेष्टमा पोजेटिभ देखिएका चारै जनाको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

हेटौंडामा शुक्रबार बिदेशबाट फर्किएका ४९ जनामा कोरोना भाइरस (कोभिड–१९) र्यापिड टेस्ट गर्दा चार जनाको रिपोर्ट पोजिटिभ आएकोमा उनिहरुको आज पीसीआर माध्यमबाट स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

हेटौंडा उपमहानगरपालिकाले हिजोदेखि र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । हिजो हेटौंडा–१५ मा नौ जना र हेटौंडा–४ मा ४० जनामा र्यापिड टेस्ट गरिएकोमा थियो ।

जसमध्ये हेटौंडा–४ का चार जनामा पोजेटिभ देखिएको थियो । उनिहरुको स्वाब संकलन गरेर आज हेटौंडाको कोरोना ल्यावमा परिक्षण गर्दा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभएको छ ।

उनहिरु चारैजनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको र उनीहरुमा कोरोना भाइरस नभएको पुष्टी भएको उहाँले बताउनुभयो ।

बिदेशबाट फर्किएका तीन जना पुरुष र एक जना महिलामा हिजो र्यापिड टेस्ट गर्दा रिजल्ट पोजेटिभ आएको थियो । हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको रिजल्ट नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको चौलागाईले बताउनुभयो ।

हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहिबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको ¥यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button