तपाईँ सुन्दै हुनुहुन्छः

हेल्थ डेस्कमा कार्यरत चिकित्सक क्वारेन्टाइनमा

जुम्ला । जुम्ला मुगुको सिमा नाग्मघाट हेल्थ डेस्कमा कार्यरत चिकित्सकहरुलाई पनि क्वारेन्टाईनमा राखिएको छ ।

विगत एक हप्तादेखि नाग्म हेल्थ डेस्कमा दैनिक हजारौँलाई चेकजाँच गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकलाई चेकजाँच गर्दागदै संक्रमण भएको हुन सक्ने भन्दै क्वारेन्टाईन्मा राखिएको हो ।

एकसाता सम्म नियमित चेकजाँच गरेका प्रतिषठनका स्वास्थ्यकर्मीहरुले लकडाउनकै समयमा समेत करिब चार हजार भन्दा धेरै मासिनहरुको कोरोना भाइरसको संक्रमण स्क्रिनिङ गरेका थिए ।

एक सातासम्म जुम्ला प्रवेशद्धार नाग्म बसेर स्वास्थ्य परीक्षण गरेका स्वास्थ्यकर्मीलाई अहिले जुम्लाको बसपार्कस्थित क्वारेन्टाइनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नाग्म हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्र्मीले जुम्ला भित्रिने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्दा उनिहरुसँग स्वास्थ्य सुरक्षाका समाग्रीहरु नहुँदा जोखिम मोलेर स्वास्थ्य परीक्षणमा खटिएका थिए ।

जोखिमका बीच पनि आफूहरुलाई दिइएको जिम्मेवारी पुरा गरेर आफुहरुलाई संक्रमण भएको हुन सक्ने भन्दै क्वारेन्टाईन्मा बसेको नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नन्दराज उपाध्यायले बताउनुभयो । ‘लकडाउनको बेला पनि दैनिक हजार भन्दा धेरै व्यक्ति जिल्ला प्रवेश गरे, उहाँले भन्नुभयो, ‘नाग्म सानो ठाउँ भएकाले सबै जना टाँसिएरै लाइन लाग्दा जोखिम झन् बढेर आएको महसुस हुन्थ्यो तर पनि आफ्नो कर्तव्य त पुरा गर्न पर्यो । पीपीइ नभए पनि हामीले सबैको स्वास्थ्य परिक्षण गर्यौ ।

‘धेरैलई क्वारेन्टाइनमा बस्न सुझाव दिएको र एक सातासम्म नाग्म बसेर फर्किएपछि अस्पतालको काममा नगइ हामी पनि क्वारेन्टाइनमा बसेका छौं, उहाँले भन्नुभयोे, १४ दिनपछि स्वास्थ्य अवस्था हेरेर मात्रै आफूहरु काममा फर्कने बताउनुभयो ।

जुम्लामा लकडाउनको सुरुदेखि नै जिल्ला भित्रिने यात्रुहरुको स्वास्थ्य स्क्रिनिङ गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा.कपिल अमागाईको नेतृत्वमा डा.विशाल पोखरेल, निशान्त लामा, नन्दराज उपाध्याय र विशाल खड्काको टोली खटिएको थियो ।

अहिले उक्त टोली क्वारेन्टाइनमा बसेको छ । अस्पतालका निर्देशक डाक्टर मंगल रावलले रोटेशन गरे हेल्थ डेस्कमा स्वास्थ्य कर्मी राख्ने गरिएको बताउनुभयो ।

भारतबाट आउने नागरिकको कारणले गर्दा कोरोना संक्रमण बढेकोले सबै निकाय हाइअर्लट रहन समेत पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।

उहाले आठै स्थानीय तहमा क्वारेटाइन तयार भईसकेको र अनिवार्य १४ क्वारेन्टाइन् बस्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button