तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशसभाको बैठक स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिनुभएको थियो ।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले सभामा सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने आँैल्याउनुभयो । अर्को बैठक यही फागुन ३० गते बिहान ११ः०० बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button