तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भिर घाईते

बागलुङ । बागलुङमा शुक्रबार दिउँसो गुडिरहेको मोटरसाईकल सडकबाट खस्दा एक जना गम्भिर घाईते भएका छन् ।

आँफैले चलाएको बा९२प २९२० नम्बरको मोटर साईकल अनियन्त्रित भई सडकबाट खस्दा बागलुङ नगरपालिका–१ रामरेखाका बिकास पौडेल घाईते हुनुभएको हो ।

रामरेखाको भित्रि सडकमा गुडिरहेको मोटरसाईकल अनियन्त्रित भई सडकबाट छ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिबप्रसाद पाठकले जानकारी दिनुभयो ।

पौडेलको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ग्राण्डी अस्पताल  काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

उहाँ नेपाल बंगालादेश बैंक बागलुङ शाखाका प्रबन्धक समेत हुनुहुन्छ । गम्भिर घाईते रहेका पौडेललाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सोही मोटर साईकलमा सवार २० बर्षिय रुपेश सापकोटा भने सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button