तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । रिक्त रहेको प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।
सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ ः ०० बजे सङ्घीय संसद् भवनमा बस्ने छ ।

सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उहा निर्विरोध हुने पक्कापक्की छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button