तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको सदस्यमा नेकपाका प्रवक्ता श्रेष्ठ र न्यौपाने बिजयी

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेकपाकै भगवती न्यौपाने विजयी हुनु भएको छ । श्रेष्ठ गण्डकी प्रदेशको पुरुष खुल्लातर्फबाट र न्यौपाने महिला पदमा विजयी हुनु भएको हो ।

श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई एक हजार दुई सय १८ मतभारको अन्तरले पराजित गर्नुभयो । श्रेष्ठले तीन हजार चार सय ६२ मतभार प्राप्त गर्नुभयो भयो भने रेग्मीले दुई हजार दुई सय ४४ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसैगरी महिला पदमा पनि नेकपाकै भगवती न्यौपानेले एक हजार २० मतभार ल्याएर विजयी हुनु भएको छ । उहाँले काङ्ग्रेसकी विमला गौचनलाई पराजित गर्नुभयो । न्यौपानेले तीन हजार तीन सय ६६ मतभार ल्याउँदा गौचनले दुई हजार तीन सय ४० मतभार ल्याउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button