तपाईँ सुन्दै हुनुहुन्छः

सबै देशको विनिमयदर घट्यो (तालिकासहित)

काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज बिहिबार यूके पाउण्ड र मलेसियन रिँगिट बाहेक सबै देशको विनिमयदर घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिनिमे दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ५१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button