तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि एकीकृत भन्सार जाँचचौकी सञ्चालनमा आउने

विराटनगर । बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी आज (मङ्गलबार ) देखि सञ्चालनमा आउने भएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट  एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौंकी १ सय २९ बिघा क्षेत्रमा तयार गरिएको छ ।

चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको थियो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button