तपाईँ सुन्दै हुनुहुन्छः

परशुराम मेला हेर्न आएका एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलस्थित बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन ।

मृत अवस्थामा फेला पर्नेमा भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दिपक गिरी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएको र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेको बताईएको छ ।

मृतक व्यक्ति उच्च रक्तचापको औषधी सेवनकर्ता समेत रहेको परिवार स्रोतले जनाएको छ ।  मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button