तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको सुरुङ्गा नगरपालिका –१ का वडाध्यक्ष कार्कीको निधन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाका –१ का वडाध्यक्ष ५५ वर्षिय मुक्ति कार्कीको आईतवार साँझ निधन भएको छ ।

कार्की स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

वडाध्यक्ष कार्कीको निधन भएपछि सुरुङ्गा नगरपालिकाले शोक मनाउन आज नगरपालिका र मातहतका कार्यालयमा विदा दिएको मेयर मुक्तीनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button