तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा ट्रक दुर्घटना : ३ जनाको ज्यान गयो

बर्दिया । बर्दियामा ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिमतर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा बिहान करीब ४ बजे ट्रक दुर्घटना भएको हो ।

भैरहवाबाट फलामे छड लोड गरि धनगढीतर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक सहीत २ जना महिलाको ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका २८ बर्षिय कर्ण बहादुर चौधरी घाइते भएकाले उनको उपचार कोहलपुर मेडीकल कलेजमा भइरहेको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
मृत्यू भएका ३ जनाको शव बर्दिया जिल्ला अस्पतालमा लगिसकोको र आवश्यक अनुसंधान भइरहेको पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button