तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौंमा आज वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरी महाशाखाको अनुरोध

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रमलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

ठमेलबाट र्‍यालीसहित उद्घाटन समारोहको समूह दिउँसोको समयमा दशरथ रङ्गशालासम्म जाने हुदाँ थापाथली, त्रीपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ ।

साथै महाशाखाले सम्पूर्ण सर्वसाधरणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button