तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गर्नुहुने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन भोलि देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ ।

राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको काठमाडौको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा शुभारम्भ गर्नुहुने छ ।

त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

भोलि नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

समारोहमा भाग लिन विभिन्न मुलुकका मन्त्रीहरुलाई समेत आमन्त्रण गरिएकोले आउने क्रम शुरु भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button