तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूर पश्चिम प्रदेशको डोटीको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले ७ वटै प्रदेशमा सम्बन्धीत जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button