तपाईँ सुन्दै हुनुहुन्छः

सर्वाधिक रन बनाउनेमा कोहलीभन्दा खड्का माथि

अजय बम । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सन् २०१९ टि ट्वान्टी आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीमा भारतीय कप्तान विराट कोहली भन्दा माथि रहेका छन् ।

सन् २०१९ टि ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्ष दशमा रहेका पारसले विराटलाई पछि पारेका हुन् । पारस सातौं स्थानमा रहँदा विराट नवौं स्थानमा छन् ।

पारसले १८ खेलमा ३ अर्ध शतक, १ शतक सहित कुल ५ सय ४१ रन बनाउँदै सातौं स्थानमा छन् । भारतीय कप्तान विराट कोहलीले १० खेलमा ५ अर्ध शतक सहित कुल ४ सय ६६ रन बनाएका छन् ।

नेपाली तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछाने सन् २०१९ टि ट्वान्टी क्रिकेट आईमा सर्वाधिक धेरै विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् ।

सन् २०१९ मा टि ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा सन्दीप, करण र नेदरल्यान्डका तीव्र गतिका बलर ब्रान्डम ग्लोभरले समान २८ विकेट लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button