तपाईँ सुन्दै हुनुहुन्छः

‘तोकिएकै समयमा काठमाडौं उपत्यकामा मेलम्ची पानी आपूर्ती हुनुपर्नेमा जोड’

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाको प्रगतीका सम्बन्धमा छलफल भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुले तोकिएकै समयमा काठमाडौं उपत्यकामा मेलम्ची पानी आपूर्ती हुनुपर्नेमा जोड दिनुभयो ।

मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशकुमार खत्रीले मेलम्ची खाने पानी आयोजनाले हालसम्म गरेको कार्यप्रगती विवरण प्रस्तुत गर्नु गर्नुभयो ।

समितिको बैठकले आयोजना प्रभावित स्थानीय बासिन्दाको समस्या समाधान गरी मेलम्ची खाने पानी आयोजना तोकिएकै समयमा सम्पन्न गर्न खाने पानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button