प्रदेश–५ ले नेपाल भ्रमण बर्ष-२०२० को उद्घाटन बर्दियामा गर्दै
बर्दिया । प्रदेश नम्बर ५ ले नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन बर्दियाको ठाकुरद्धारामा गर्ने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गर्दै प्रदेश नम्बर ५ को सरकारले बर्दियामा भ्रमण बर्षको उद्घाटन गर्ने भएको हो ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले यहि पौष १६ गते अर्थात सन् २०२० जनुवरी १ का दिन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज बिश्वको पर्यटकीय गन्तव्य भएको क्षेत्र रहेकोले प्रदेश सरकारले बर्दियालाई प्रमुख प्राथमिकतामा राखेको छ ।
यसैगरी बर्दियाको बारबर्दिया नगरपालिकाले यहि पौष १७ गते रम्मापुर सामुदायिक होमस्टेमा नेपाल भ्रमण बर्ष २०२०लाई उद्घाटन गर्ने भएको छ । बर्दियामा पर्यटन बर्ष नजिकिदै गर्दा स्थानीय पालिकाहरुले तयारीका लागि स्वागत गेट निर्माण तथा सरसफाईका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्