तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेपछि पाँच दिनको लागि बिद्यालय बिदा

महोत्तरी । केही दिनयता प्रतिकुल मौसम तथा अत्याधिक जाडो बढेपछी बर्दिवास नगरपालिकाले पाँच दिनका लागि सबै सामुदायिक तथा संस्थागत बिद्यालय बिदा दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाले प्रतिकुल मौसम तथा अत्याधिक जाडोको कारण पठनपाठनमा कठिनाई हुने भन्दै बिदा दिएको हो । पुस १४ देखि १८ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको बर्दिवास नगरपालिकाले जनाएको छ ।

पुस २० गतेबाट बिद्यालयहरु पूर्ववत् सञ्चालन हुने शिक्षा शाखाका गणेशप्रसाद दाहालले जानकारी दिनुभयो । महोत्तरीमा बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित बनेको छ । शितलहरका कारणले प्रभावित क्षेत्रमा दलित, बिपन्न बर्गका परिवार धेरै प्रभावित बनेका छन् ।

बाक्लो कुहिरोसँगै शितलहर बढेपछि महोत्तरी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो । पछिल्लो केहिदिन यता महोत्तरीको तापक्रम ७ डिग्री सम्म पुगेको छ । शितलहर सगै चिसो हावाको कारणले चिसो अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसगै प्रमुख बजार र ग्रामीण भेगमा बजारको चहल पहलमा व्यापक कमी आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button