तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका १३ स्थानमा हेलिप्याड निमार्ण

सल्यान । विपद जोखिम पुर्व तयारीका लागि स्थानीय तहमा हेलिप्याण्ड निमार्ण कार्य सुरु भएको छ । विपद् पुर्व तयारीका लागि हेलिप्याड निमार्ण गरिएको हो ।

जिल्लामा रहेका तीन नगरपालिकामा दुई÷दुई वटाका दर र सात गाउँपालिकामा एक ÷ एक वटाका दरले १३ हेलिप्याड निमार्ण कार्य थालनी गरिएको छ ।

नेपाली सेना सबुझ गणले स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निमार्ण थालेको सबुझ गणका गणपति प्रमुख सेनानी घनश्याम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार निमार्ण गरिएका हेलिप्याड १५ डायमिटरका हुनेछन् ।

बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा हेलिप्याड निमार्ण कार्य सम्पन्न भएको उहाँको भनाई छ ।
शारदा नगरपालिकाको खैरावाङ र सिद्ध कुमाखमा पक्की हेलिप्याड निमार्ण सम्पन्न हुने चरणमा रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्लाका सबैमा ठाउँमा अस्थायी हेलिप्याडका लागि ठाउँ छनौट भई सकेको छ ।’ सरकारले दुर्गम क्षेत्रका गर्भवती,सुत्केरी, नवजात शिशुको उपचारका सार्थ दुर्घटनामा गम्भिर घाईतेको सहज उपचारका लागि एयर एम्बुलेन्स सुरु गरेपछि हेलिप्याड बनाउन थालिएको हो ।

आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निमार्ण गरिएको हो । स्थानीय तह र नेपाली सेनाको श्रमदान गरी पाँच लाख बराबरमा हेलिप्याड तयार हुनेछन् ।

स्थानीय तहमा निमार्ण गरिने हेलिप्याडले समाजमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न निकै फलदायी हुने बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताउनभयो । सबुज गण सिमखर्क, सल्लीवेस क्याम्पको श्रमदान र नगरपालिकाको १० लाख लागतमा सल्लीबजारमा हेलिप्याड निमार्ण गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार नगरमा छिट्टै अर्को पनि निमार्ण गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button