तपाईँ सुन्दै हुनुहुन्छः

पीपीएल फाइनलः चितवन टस हारेर ब्याटिङमा

पीपीएल फाइनलः चितवन टस हारेर ब्याटिङमा

काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल)को उपाधिका लागि अहिले चितवन राइनोज र बिराटनगर टाइटन्स विच प्रतिस्पर्धा भइरहेको छ । पोखरा क्रिकेट मैदानमा बिराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने चितवन राइनाेज टस हारेर ब्याटीङ सम्हालिरहेकाे छ ।

चितवनको कप्तानी पारस खड्का र विराटनगरको प्रदीप ऐरीले गर्ने छन् । चितवन लिग चरणमा पाँचै खेलमा अपराजित रहँदै सोझैं फाइनलमा पुगेको थियो । यता विराटनगर लिग चरणमा ५ खेलमा ३ मा हार र २ मा जित सहित काठमाडौं गोल्डेन्स वारियर्सलाई नेट रनरेटले पछि पार्दै प्ले अफमा पुगेको हो ।

अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा शत प्रतिशत नतिजाका साथ फाइनलमा स्थान बनाएको हो भने विराटनगरले प्लेअफमा पुग्न एलिमिनेटर राउण्ड पार गर्नु परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button