बन्दिपुरमा पर्यटक आकर्षण गर्न मिनि म्याराथुन हुने
तनहुँ । तनहुँको प्रख्र्यात पर्यटकीय स्थलको रुपमा रहेको बन्दीपुरमा पर्यटकहरुलाई आकर्षण गर्न डुम्रे—बन्दिपुर मिनि म्याराथुन दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
बन्दिपुर गाउँपालिकाको आयोजनामा माघ १ गते माघे संक्रान्ति पर्वको अवसरमा म्याराथुन आयोजना हुने भएको हो ।
खेलाडीको मनोवल बढाउन साथै नेपाल भ्रमण वर्ष २०२० को मा बन्दीपुरमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने प्रमुख उद्देश्य रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागेको हो । गत वर्ष पनि माघ १ गते गाउँपालिकाले प्रतियोगिता गरेको थियो । प्रतियोगितामा यस पटक स्थानीयले छुट्टै भाग लिन पाउने भएका छन् । स्थानीय र खुला गरी दुईवटा प्रतियोगिताको गरिने गाउँपालिकाले जनाएको छ ।
‘राष्ट्रियस्तरका खेलाडीले विगतका वर्षमा भाग लिएपछि स्थानीय खेलाडी दौडन लागेको बेला पनि जर्सी फुकालेकाले त्यस्तो नहोस् भन्नको लागि यसपटक बन्दीपुरबासीले छुट्टै भाग लिन पाउने व्यवस्था गरेका हौं ।’ गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।
खुलातर्फ प्रथम हुनेलाई नगद ३० हजार र द्धितिय हुनेलाइ नगद १५ हजार साथै शिल्ड र मेडल प्रदान गरिने छ भने स्थानीय तर्पm प्रथमलाई १५ हजार र द्धितियलाई नगद सात हजार एवं शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले जानकारी दिनुभयो ।
गाउँपालिकाले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्