तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल निर्धारण : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदानस्थल तोकेको छ ।

प्रदेश नम्बर १ को मोरङ जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृ, प्रदेश नम्बर २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश नम्बर ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समिति भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश नम्बर ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको सुर्खेत जिल्ला निर्वाचन कार्यालय भवन र सुदूर पश्चिम प्रदेशको डोटी जिल्ला सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यामिक विद्यालयमा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नं. १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ८४ गरी जम्मा तीन सय ६७ जना, प्रदेश नं. २ मा प्रदेशसभा सदस्यतर्प एक सय सात र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ७२ गरी जम्मा तीन सय ७९ जना, प्रदेश नं. ३ मा प्रदेशसभा सदस्यतर्पm एक सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय ३८ गरी जम्मा तीन सय ४८ जना मतदाता रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ.अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ७० गरी जम्मा दुई सय ३० जना, प्रदेश नं. ५ मा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख दुई सय १८ गरी जम्मा तीन सय पाँच जना, कर्णाली प्रदेशमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख एक सय ५८ गरी जम्मा एक सय ९८ जना र सुदूर पश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ७६ गरी जम्मा दुई सय २९ जना मतदाता रहेका छन् ।

यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका पाँच सय ५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार पाँच सय छ गरी कूल जम्मा दुई हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button