तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैंकको उच्च कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से ओरालो लागेपनि नेपाल बैंकको भने उच्च कारोबार भएको छ ।

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम कारोबार दिन भएका कारण लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन ।

बिहीबार नेपाल बैंकको १३ करोड २२ लाखरुपैयाँ बराबरको ४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेपाल बैंकले १५ प्रतिशत बोनस र सोमा लाग्ने करसहित १० प्रतिशत गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल बैंकले २३ वर्षपछि लाभांश वितरण गर्न लागेको हो ।

निष्क्रिय कर्जाले थिचिँदा नेपाल बैंकले २२ वर्षदेखि लाभांश वितरण गर्न सकेको थिएन ।

त्यसैगरी, बुकक्लोज अघिको अन्तिम कारोबार दिन भएकै कारण कृषि विकास बैंकको पनि धेरै शेयर कारोबार भएको छ । बिहिबार कृषि विकास बैंकको ४ करोड २८ लाख रुपैयाँ बराबरको १ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

कृषि विकास बैंकले ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेप्से परिसूचक भने बिहिबार ०.६२ अंकले घटेर एक हजार १६७.४१ विन्दुमा झरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button