तपाईँ सुन्दै हुनुहुन्छः

गोठ र परालको टौवामा आगलागी हुँदा दुई लाख मुल्य बराबरको क्षति

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ०२ गोकुलपुर निवासी फुलमती रानाको गोठ र परालको टौवामा गएराति आगलागी हुँदा दुई लाख मुल्य बराबरको क्षति भएको छ ।
आगो नजिकै घर भएका दान बहादुर रानाको परालको टौवामा समेत आगो सल्केको स्थानीय एवं बेलौरी नगरपालिकाका वडा सचिव श्याम कुमार रानाले जानकारी दिनुभयो ।
टेडुवा प्रहरी चौकी, छिमेकीहरू र पुनर्वास नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button