पूर्वसचिव श्रेष्ठको निधन
रामपुर -नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाइन फ्लुको समेत आशङ्का चिकित्सकले गरेको उहाँका आफन्त विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
निकै इमान्दार र निष्ठावान् व्यक्तित्व श्रेष्ठले पूर्वी पाल्पासँगै प्रदेश नम्बर ५ को रामपुर क्षेत्र, गण्डकी प्रदेशका तनहुँ –नवलपरासी र स्याङ्जा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
घिरिङ गाउँपालिका वडा नम्बर २ कटहरे तनहुँ स्थायी घर हुनुभएका श्रेष्ठको शव अहिले शिक्षण अस्पताल काठमाडौंँमा राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्